logo

२०८३ साउन १४ बिहिबार

बालेनलाई जिम्मेवार र जवाफदेही बन्न शंकर पोखरेलको चेतावनी

बालेनलाई जिम्मेवार र जवाफदेही बन्न शंकर पोखरेलको चेतावनी


हाम्रो राष्ट्र
  • शनिबार, २५ चैत्र २०७९
  • 962
    SHARES

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकका मेयर बालेन साहको अभिव्यक्तिले नेपाली समाजलाई अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गरेको बताएका छन् ।

    शनिबार मेयर साहले देश सफा गर्न नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने बताएपछि सामाजिक संजालमार्फत महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताएका छन् ।

    महासचिव पोखरेलले भनेका छन्, ‘मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ । जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नै पर्दछ ।’

    बालेनले भनेका थिए, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend