logo

२०८३ असोज ७ बुधबार

जेल कोच्नेको लिस्ट बनाई राखेका छौंः सभापति लामिछाने

जेल कोच्नेको लिस्ट बनाई राखेका छौंः सभापति लामिछाने


हाम्रो राष्ट्र
  • शनिबार, २५ चैत्र २०७९
  • 1K
    SHARES

    तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्ट मानिस र युवाहरुलाई पलायन गर्ने राजनीतिक दलका नेतालाई जवाफ दिन नसकिने बताएका छन् । तनहुको आबुखैरनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले ३० वर्ष सरकारको नेतृत्व गर्नेहरुले युवाहरुलाई देशवाट पलायन गराएको आरोप लगाएका हुन् ।

    नौ महिना अघि खुलेको पार्टी र ३० दिन मात्र सरकार चलाएको पार्टीलाई प्रश्न गर्ने ठाउँ नभएको पनि उनको भनाई थियो । उनले भने,‘हामीलाई त्यस्ता मान्छेहरुले आलोचना गरिरहेका छन्, जसलाई हामीले जेल कोच्ने भनेर लिस्ट बनाई राखेका छौं । त्यसैले भ्रष्ट मानिसहरुले सोधेको जवाफ एउटा पनि दिन्न किनकी तीनलाई जेल कोच्ने हो, जवाफ दिएर हिँड्ने होइन ।’

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend