logo

२०८३ असोज ७ बुधबार

प्रधानमन्त्री र लेखराज भट्टबीच भेटवार्ता

प्रधानमन्त्री र लेखराज भट्टबीच भेटवार्ता


हाम्रो राष्ट्र
  • आइतबार, २६ चैत्र २०७९
  • 1.2K
    SHARES

    धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टलाई भेटेका छन् । माओवादी परित्याग गरी एमाले प्रवेश गरेका सचिव भट्टलाई भेट्न प्रधानमन्त्री प्रचण्ड कैलालीको गोदावरीस्थित उनकै निवासमा पुगेका हुन् ।

    भेटमा प्रधानमन्त्रीले उनीसँग राजनीतिकसहितका विषयमा कुराकानी गरेका हुन् । कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा आइतबार धनगढी विमानस्थलबाट प्रधानमन्त्री सिधै भट्ट निवास पुगेका थिए । प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री भट्टको निवासमा पुगी चियापानमा सहभागी हुनुभएको जानकारी दिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend