logo

२०८३ साउन १३ बुधबार

चार एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

चार एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान


हाम्रो राष्ट्र
  • आइतबार, २६ चैत्र २०७९
  • 949
    SHARES

    काठमाडौं । प्रहरी नायब महानिरीक्षक(डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा पदोन्नति भएका ४ जना एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

    प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षकहरू सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेक बहादुर तामाङलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।

    उनीहरुको पदस्थापन समेत भइसकेको छ। मीरा चौधरी कार्य विभागमा, सन्दीप भण्डारी मानव श्रोत विभागमा, टेकबहादुर तामाङ अपराध अनुसन्धान विभागमा र सुदीप गिरी प्रदेश समन्वयमा पदस्थापन भएका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend