logo

२०८३ असोज ७ बुधबार

ताइवानसँगको सीमामा चिनियाँ सेनाको सैन्य अभ्यास

ताइवानसँगको सीमामा चिनियाँ सेनाको सैन्य अभ्यास


हाम्रो राष्ट्र
  • सोमबार, २७ चैत्र २०७९
  • 884
    SHARES

    चीनले सिमा क्षेत्रमा युद्ध अभ्यास गरेर ताइवानका लागि कडा चेतावनी दिएको छ । ताइवानका राष्ट्रपति साइ इङ्ग वेनको अमेरिका भ्रमणमा गएपछि आक्रोशित चीनले सीमा क्षेत्रमा युद्ध अभ्यास गरेर चेतावनी दिएको हो । उनी गत हप्ता अमेरिका भ्रमणमा गएकी थिइन् । ताइवानका अनुसार आइतवार करिब ७० चिनियाँ विमान नजिकैबाट उडेका थिए।

    शनिबार भने ४५ चिनियाँ लडाकु विमानहरूले ताइवान स्ट्रेट लाइनमा आएका थिए भने दुई देशको सिमा रेखा पार गरेर दक्षिणपश्चिम भागमा उडान भरेका थिए । सैन्य अभ्यासको पहिलो दिन चिनियाँ जहाज पिङटान टापु नजिकैबाट गुज्रेका थिए भने तीनले गोलाबारीसमेत गरेका थिए । यो टापु ताइवानको सबैभन्दा नजिक छ ।

    चीनले यो सैन्य कारबाहीलाई ‘जोइन्ट सोर्ड’ नाम दिएको छ । उता, ताइवानको काउन्सिल फर ओशन अफेयर्सले जारी गरेको भिडियो फुटेजमा ताइवानी जहाजले चिनियाँ युद्धपोतलाई पछ्याइरहेको देखिन्छ ।

    यसैगरी, अर्को भिडियोमा ताइवानको युद्धपोत डी ख्वा र कोस्ट गार्डको जहाज देख्न सकिन्छ जसमा कोस्ट गार्डका अधिकारीहरूले चिनियाँ डुङ्गालाई चुनौती दिइरहेका छन् । ताइवानको प्रशासन भने चीनको यो अभियानप्रति आक्रोशित छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend