logo

२०८३ असोज ७ बुधबार

बालेनसँग तत्काल वार्ता गर्न प्रधानमन्त्रीलाई महामन्त्री थापाको सुझाव

बालेनसँग तत्काल वार्ता गर्न प्रधानमन्त्रीलाई महामन्त्री थापाको सुझाव


हाम्रो राष्ट्र
  • सोमबार, २७ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहका प्रतिनिधि काम गराउन सिंहदरवार धाउनुपर्ने बाध्यता हटाउन माग गरेका छन् ।

    सोमबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले देशभरका स्थानीय तहलाई काम गर्न सिंहदरवारर धाउनुपर्नेे बाध्यता तत्काल अन्त्य गर्नुपर्ने बताएका हुन् । काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर उठाउन छाडेको घटनालाई लिएर उनले स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गरेर काम गर्न सक्ने वातावरण बनाउनुपर्ने उनले बताए ।

    यसका लागि प्रधानमन्त्रीलाई तत्काल पहल गर्न महामन्त्री थापाले सुझाव दिए । उनले भने, ‘बागदरबार र सिंहदरबारबीच टकराव देखिएको छ । प्रधानमन्त्रीलाई आग्रह गर्छु, काठमाडौं महानगरपालिकासँग विलम्व नगरी  संवाद गरियोस् । जायज माग पूरा गरियोस् ।’

    स्थानीय तहलाई काम गर्न सक्ने वातावरण बनाउन आवश्यक पर्ने कानुन बनाउन आफूहरु तयार रहेको भन्दै उनले यसका लागि प्रस्ताव ल्याउन सरकारलाई आग्रह गरे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend