logo

२०८३ असोज ७ बुधबार

दुई करोडको अडियो प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्न कांग्रेसको माग

दुई करोडको अडियो प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्न कांग्रेसको माग


हाम्रो राष्ट्र
  • सोमबार, २७ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड मागेको भन्ने टेलिफोन संवादको सार्वजनिक अडियो रेकर्डबारे अध्ययन गर्न संसदीय समिति गठन गर्न माग गरिएको छ ।

    सोमबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद धनराज गुरुङले अडियोमा कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने बताएको भन्दै यसबारे अध्ययन र छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेका हुन् ।

    उनले भने,‘टेलिफोन संवादमा कोर टिमलाई दुई करोड बुझाउनुपर्ने बताइएको छ । त्यो कोर टिम भनेको को हो ? यसबारे छानबिन गर्नुपर्छ । यसका लागि आजकै बैठकले संसदीय समिति गठन गरियोस् ।’ उनले नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहबारे पनि छानबिन गर्नुपर्ने बताए । यस कार्यमा जो सुकै भए पनि कारबाही गर्नुपर्ने उनको माग छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend