logo

२०८३ साउन १५ शुक्रबार

अमृतपाललाई खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आएका भन्दै सांसद पन्तको आपत्ति

अमृतपाललाई खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आएका भन्दै सांसद पन्तको आपत्ति


हाम्रो राष्ट्र
  • सोमबार, २७ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले अमृतपाल सिंहको खोजबिनका लागि भारतीय सुरक्षाकर्मी नेपाल आउनुले नेपालको सुरक्षा संयन्त्रमाथि अविश्वास पैदा गरेको बताएका छन् ।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद पन्तले नेपालमा प्रवेश गरेको भनिएका सिंहलाई नेपालको सुरक्षा निकायले पत्ता लगाउन नसकेपछि बाँकेको जमुनाह नाका भएर भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गर्नु आपत्तिजनक भएको बताएका हुन् ।

    सांसद पन्तले भने, ‘कुनै पनि बाह्य देशका सुरक्षाकर्मीलाई नेपालको कुनै पनि कानुनले नेपालभित्र पसेर यसरी खोजबिन गर्ने अधिकार दिएको छैन । नेपाल स्वतन्त्र सार्वभौम देश हो, यसले आफ्नो आत्मनिर्णयको अधिकार आफैँ प्रयोग गर्छ ।’

    उनले नेपाल–भारत खुला सिमाना अपराधको अखडा भएको भन्दै सीमा नियन्त्रण गर्ने र बाह्य हस्तक्षेप रोक्न सरकारको ध्यानाकर्षण गराए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend