logo

२०८३ साउन १३ बुधबार

सङ्क्रमणकालीन न्याय आयोगबाटै टुङ्ग्याउनुपर्छ : उपाध्यक्ष महरा

सङ्क्रमणकालीन न्याय आयोगबाटै टुङ्ग्याउनुपर्छ : उपाध्यक्ष महरा


हाम्रो राष्ट्र
  • सोमबार, २७ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष कृष्णबहादुर महराले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित आयोगबाटै निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र)सहित माओवादी घटकहरुले सोमबार आयोजना गरेको ‘नेपालमा शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय’ विषयक अन्तरक्रियामा उनले सङ्क्रमणकालीन न्याय दशवर्षे द्वन्द्वकालीन समयको भएको हुनाले आयोगबाटै निष्कर्षमा पुर्याउनुपर्ने बताएका हुन् ।

    “सङ्क्रमणकालीन न्याय दशवर्षे जनयुद्धको विषय हो, यो विषय न्यायाधीश वा अदालतले हस्तक्षेप गर्ने विषय होइन”, उपाध्यक्ष महराले भने, “यो विषयमा आयोगबाटै टुङ्ग्याउनुपर्छ ।” सङ्क्रमणकालीन न्याय निरुपण गर्न गठन गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारीविहीन छ ।

    उपाध्यक्ष महराले सङ्क्रमणकालीन न्यायलाई अघि बढाउँदा बृहत् विस्तृत शान्ति सम्झौताको मर्मअनुसार नै अघि बढ्नुपर्नेमा जोड दिँदै भने, “राज्यको पुनःसंरचनासहितको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनुपर्छ, कानुनद्वारा समाधान खोज्न हँुदैन ।”

    पूर्वमाओवादी घटकहरूबीच सकेसम्म एकता गर्ने, नभए कार्यगत एकता गरेर बलियो शक्ति भएर अघि बढ्नुपर्ने र माओवादी घटक दलका नेताहरूले माओवादी कमजोर भएकै कारण मुद्दाहरू कमजोर हुने खतरा भएको उनले बताए ।

    नेत्री हिसिला यमीले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि आयोगका पदाधिकारीलाई निरन्तरता दिनुपर्ने र विस्तृत शान्तिसम्झौताअनुसार नै सङ्क्रमणकालीन न्यायको काम पूरा गर्नुपर्ने बताइन् । उनले सङ्क्रमणकालीन न्यायको समस्या समाधान जतिसक्दो छिटो समाधान गर्नुपर्ने र यसलाई गिजोलेर राख्न नहुनेमा जोड दिइन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend