logo

२०८३ साउन १५ शुक्रबार

बालिका बलात्कार अभियोगमा व्यवसायी चटौतलाई १८ वर्ष कैद सजाय

बालिका बलात्कार अभियोगमा व्यवसायी चटौतलाई १८ वर्ष कैद सजाय


हाम्रो राष्ट्र
  • सोमबार, २७ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । आफैँले संरक्षण दिएकी बालिका बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका व्यवसायी सुशील चटौतलाई जिल्ला अदालत ललितपुरले १८ वर्ष एक महिना कैद सजाय हुने फैसला गरेको छ । चटौतलाई सोमबार जिल्ला अदालतकी न्यायाधीश सीता अधिकारीको इजलासले सजाय निर्धारण गरेको हो ।

    व्यवसायी चटौतमाथि आफैँले संरक्षण दिएकी बालिकालाई बलात्कार गरेको अभियोग लागेको थियो । जिल्ला अदालतले १५ चैतमा उनलाई उक्त कसुरमा दोषी ठहर गरेको थियो ।

    अदालतले पीडितलाई ८ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ । त्यस्तै पीडित राहत कोषमा दुई हजार आठ सय रुपैयाँ जम्मा गराउन पनि आदेश भएको छ ।

    मुलुकी अपराध संहितामा १० वर्षभन्दा माथि तर १४ वर्ष भन्दा कम उमेरकी नाबालिगमाथि बालत्कार गर्नेलाई १९ वर्षदेखि २० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । त्यस्तै सोही संहितामा कसैले आफ्नो संरक्षणमा रहेको व्यक्तिसँग करणी गरेमा तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend