logo

२०८३ साउन १३ बुधबार

इजरायलबाट ग्रीसले ट्याङ्कविरोधी स्पाइक मिसाइल खरिद गर्ने

इजरायलबाट ग्रीसले ट्याङ्कविरोधी स्पाइक मिसाइल खरिद गर्ने


हाम्रो राष्ट्र
  • सोमबार, २७ चैत्र २०७९
  • 845
    SHARES

    इजरायलले ग्रीसलाई ट्याङ्कविरोधी स्पाइक मिसाइल बेच्न १.४४ अर्ब शेकेल (लगभग ४०० मिलियन अमेरिकी डलर) को सम्झौतामा हस्ताक्षर गरेको छ । इजरायली रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत सम्झौताअन्तर्गत इजरायलले ग्रीसलाई नौसेना, वायु र भूमिमा आधारित स्पाइक मिसाइलहरू उपलब्ध गराउने उल्लेख गरेको छ ।

    ‘यो परियोजना इजरायल र ग्रीसबीचको सम्झौताको शृङ्खलाअन्तर्गतको एक भाग हो । दुई देशका रक्षा प्रतिष्ठानहरूबीचको बलियो साझेदारीलाई जोड दिँदै क्षेत्रीय स्थायित्वका निम्ति आपसी प्रतिबद्धतालाई जोड दिन्छ,’ इजरायली रक्षामन्त्री योभ गालान्टले उल्लेख गरेका छन् ।

    स्पाइक इजरायली राज्यको स्वामित्वमा रहेको रक्षा प्रविधि कम्पनी राफेल एडभान्स्ड डिफेन्स सिस्टम्सद्वारा निर्मित र निर्देशित सटीक इलेक्ट्रो–अप्टिकल मिसाइल हो । यसअन्तर्गत क्षेप्यास्त्रलाई जमिन, हावा र समुद्रमा करिब ४५ प्लेटफर्मबाट प्रक्षेपण गर्न सकिन्छ ।

    इजरायली रक्षा मन्त्रालयका अनुसार युरोपियन युनियन र नेटोका १९ सदस्य राष्ट्रसहित ४० भन्दा बढी देशले स्पाइक मिसाइल प्रयोग गर्छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend