logo

२०८३ साउन १५ शुक्रबार

तीन दलबीच टिआरसी विधेयक सर्वस्वीकार्य बनाउने समझदारी

तीन दलबीच टिआरसी विधेयक सर्वस्वीकार्य बनाउने समझदारी


हाम्रो राष्ट्र
  • मंगलबार, २८ चैत्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । प्रमुख तीन राजनीतिक दलबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सर्वस्वीकार्य बनाउने सहमति भएको छ । मंगलबार सभामुख देवराज घिमिरेको निवासमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठकमा टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

    विधेयकमा समेट्ने विषय र प्रक्रियाका विषयमा पुनः बैठक बसेर निर्णय गर्न तीन दल सहमत भएका छन् । अर्को बैठक आगामी शुक्रबार बस्ने गरी समय तोकिएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए ।

    यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने, महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी भएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend