logo

२०८३ साउन १४ बिहिबार

प्रहरीको ज्यादतीविरुद्ध आयोगमा उजुरी गर्ने कार्कीको तयारी

प्रहरीको ज्यादतीविरुद्ध आयोगमा उजुरी गर्ने कार्कीको तयारी


हाम्रो राष्ट्र
  • मंगलबार, २८ चैत्र २०७९
  • 910
    SHARES

    काठमाडौं । पत्रकार ईन्जिना कार्कीले ठगी मुद्दामा आफूले सफाई पाएको स्पष्ट पारेकी छिन् । अभियोग पुष्टि हुन नसकेपछि जिल्ला अदालत काठमाडौंले आफूलाई गत चैत्र ६ गते सफाई दिएको उनको भनाई छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि लगाइएको मुद्दा गलत सावित भएको बताएकी हुन् ।

    शिवशिखर सहकारी र प्रहरीको मिलेमतोमा आफूलाई नियोजित रुपमा फसाइएको भएपनि अदालतबाट न्याय पाएको उनले बताइन् । आफूलाई अनुसन्धानका क्रममा प्रहरीले मानसिक र शारीरीक रूपमा यातना दिएको उनको आरोप छ । अपराध महाशाखका डिएसपी दिलबहादुर मल्लले आफूलाई अहिलेपनि निरन्तर रुपमा हैरानी दिएको उनले बताइन् ।

    ‘दुई वर्ष अगाडि मलाई एउटा मुद्दामा फसाइएको थियो । प्रहरीले सुनियोजित तरिकाले एउटा सहकारीसँग मिलेर सेटिङमा फसाएको थियो । जुन आधार पुष्टि हुन नसकेपछि मैले जिल्ला अदालत काठमाडौंबाट सफाई पाएकी छु,’–उनले भनिन् ।

    आफूलाई प्रहरीले महिला प्रहरी पनि नराखी बयान लिएर मानसिक र शारीरिक रूपमा यातना दिएको उनले बताइन् । मानवअधिकार आयोग विभिन्न निकायमा आफू प्रहरीको ज्यादतीविरुद्ध जाने तयारीमा रहेको पनि उनले जानकारी दिइन् । डिएसपी मल्लका विरुद्ध आफू न्यायिक उपचार खोज्ने तयारीमा रहेको उनको भनाई छ । प्रहरीले आफूलाई २९ दिनसम्म प्रहरी हिरासतमा राखेको उनको आरोप छ ।

    ‘डिएसपी दिलबहादुर मल्लविरुद्ध बाध्य भएर मैले मुद्दा दर्ता गर्दैछु । मैले सफाई पाइसकेपछि दुई/चार वटा मिडियाहरुले न्युज हालेपछि मलाई डिएसपीले त्यो न्युज हटाइदिनुस् भनेर पटक–पटक फोन गर्नुभयो । पटक–पटक मलाई भेट्न खोज्नुभयो,’– उनले भनिन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend