logo

२०८३ असोज ७ बुधबार

संसदीय दलको विधान संशोधन गर्न माओवादीद्वारा पाँच सदस्यीय कार्यदल गठन

संसदीय दलको विधान संशोधन गर्न माओवादीद्वारा पाँच सदस्यीय कार्यदल गठन


हाम्रो राष्ट्र
  • मंगलबार, २८ चैत्र २०७९
  • 936
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल बनाएको छ । माओवादी संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले विधान संशोधनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।

    माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेको संयोजकत्वमा कार्यदल गठन भएको सांसद राजन दाहालले जानकारी दिए । कार्यदलमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद सदस्य छन् । कार्यदलको सदस्यमा प्रतिनिधिसभाबाट पूर्ण घर्तीमगर र बिमला सुवेदी तथा राष्ट्रियसभाबाट जगप्रसाद शर्मा र गङ्गा बेलबासे छन् ।

    कार्यदलले विधान संशोधनका विषयमा प्रतिवेदन प्रस्तुत गर्ने र सोही प्रतिवेदनका आधारमा विधानलाई अन्तिमरुप दिइने सांसद दाहालले बताउनुभयो । आफ्नो रुची अनुसारको संसदीय समिति छनोट गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो ।

    बैठकमा प्रधानमन्त्री दाहालले सरकार सञ्चालन, सरकारको गतिविधिका सम्बन्धमा जानकारी गराएका थिए । अनुशाशित र मर्यादित ढङ्गबाट संसद्मा प्रस्तुत हुने विषयमा अध्यक्ष एवं प्रधानमन्त्री दाहालले निर्देशित गरेको उनले जानकारी दिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend