logo

२०८३ असोज ७ बुधबार

म्यान्मारमा सेनाको हवाई आक्रमणमा ५० भन्दाबढीको मृत्यु

म्यान्मारमा सेनाको हवाई आक्रमणमा ५० भन्दाबढीको मृत्यु


हाम्रो राष्ट्र
  • मंगलबार, २८ चैत्र २०७९
  • 1K
    SHARES

    म्यान्मारमा सेनाले गरेको हवाई आक्रमणमा परेर कम्तीमा ५३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कम्तीमा १५ महिला र धेरै बालबालिका रहेका प्रत्यक्षदर्शीले बताएका छन् । सागेइङ क्षेत्रको एउटा गाउँलाई निसाना बनाएर सेनाले हवाई आक्रमण गरेको हो। उक्त गाउँका मानिसहरूले सैन्य सरकारको विरोध गर्छन् ।

    सेनाले फेब्रुअरी २०२१ मा शासन आफ्नो हातमा लिएपछि विपक्षीहरूलाई लक्षित गर्दै हवाई आक्रमण गर्दै आएको छ । सागेइङ क्षेत्रका मानिसहरूले म्यान्मारमा सैन्य शासनको कडा विरोध गरेका छन्।

    उनीहरूले छुट्टै फौज बनाएका छन् तथा आफ्नै विद्यालय तथा स्वास्थ्य केन्द्रहरू सञ्चालन गरिरहेका छन्। गाउँका एक बासिन्दाले बीबीसीलाई बताएअनुसार त्यहाँ मंगलबार बिहान ७ बजे सैन्य विमान त्यहाँ उडेको थियो र माथिबाट बम खसालेको थियो। त्यसलगत्तै हेलिकप्टरबाट २० मिनेटजति गाउँमा बम खसालिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend