logo

२०८३ असोज ७ बुधबार

संसद बैठकमा गणपुरक सङ्ख्या नपुग्दा सुरक्षण मुद्रण प्रस्ताव निर्णयार्थ प्रस्तुत भएन

संसद बैठकमा गणपुरक सङ्ख्या नपुग्दा सुरक्षण मुद्रण प्रस्ताव निर्णयार्थ प्रस्तुत भएन


हाम्रो राष्ट्र
  • बुधबार, २९ चैत्र २०७९
  • 884
    SHARES

    काठमाडौं । राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव कार्यसूचीमा समावेश गरिए पनि प्रतिनिधिसभामा गणपुरक सङ्ख्याको अभावमा प्रस्ताव प्रस्तुत हुन सकेन ।

    प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्नुअघि नेकपा (एमाले) का सचेतक महेश बर्ताेलाले गणपुरक सङ्ख्याको यकिन गर्न सभामुख समक्ष माग गरे । त्यस लगत्तै सभामुख देवराज घिमिरेले तीन मिनेटको घण्टी बजाएर गणपुरक सङ्ख्या यकिन गर्न सचिवालयलाई निर्देशन दिएका थिए ।

    बैठकमा कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा कम्तीमा एक तिहाई अर्थात् ६९ सांसद उपस्थित हुनुपर्नेमा ६१ मात्र रहेको जनाउँदै सभामुख घिमिरेले आजको कार्यसूचीमा रहेका बाँकी सबै कार्यक्रम स्थगित भएको जानकारी दिए । यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सदनमा उक्त प्रस्तावमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

    विधेकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले मुलुकमा सुरक्षण मुद्रणसम्बन्धी कानुन आवश्यक भएकाले उपकरण खरिद र पूर्वाधार निर्माण गरेर अन्तःशुल्कको स्टिकरलगायत सुरक्षण मुद्रणसम्बन्धी सामग्री छपाई सुरु गर्न पहल र प्रयत्न भइरहेको बताइन् ।

    मन्त्री शर्माले भनिन्, “हामीसँग भएको क्षमतालाई बढाएर सुरक्षण मुद्रण स्थापना गरी सञ्चालन गरिनेछ, सरकारकै निगरानी र मातहतमा राखिनेछ, विधेकमा बाझिएका बुँदा सच्याइनेछ, गुणस्तरमा विशेष ध्यान दिइनेछ ।” छलफलमा ज्ञानेन्द्रबहादुर कार्की, महेश बर्तौला, रोशन कार्की, रघुजी पन्त, मनिष झा, प्रेम सुवाल, माधव सापकोटा, रामकृष्ण यादव, धु्रवबहादुर प्रधानलगायत १५ सांसदले विधेयकबारे आफ्ना धारणा राखेका थिए ।

    उक्त विधेयक विसं २०७७ मा राष्ट्रियसभामा उत्पत्ति भई त्यही लामो समयसम्म रहेको थियो । प्रतिनिधिसभाको अर्काे बैठक आगामी वैशाख ३ गते आइतबार दिनको १ बजे बस्ने छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend