logo

२०८३ साउन १३ बुधबार

आफूलाई सुनयोजित रुपमा फसाउन खोजिएको ढाकाकुमारको दाबी

आफूलाई सुनयोजित रुपमा फसाउन खोजिएको ढाकाकुमारको दाबी


हाम्रो राष्ट्र
  • बुधबार, २९ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठले आफूलाई सुनियोजित रुपमा फसाउन खोजिएको दाबी गरेका छन् ।

    बुधबार पत्रकार सम्मेलन गरी उनले प्रसाईंसँग भएको भनिएको कुराकनीको अडियो आफ्नो नभएको दाबी गरे । उनले अडियो इडिट गरेर बनाइएको दाबी पनि गरे । उनले आफू यसका लागि न्यायालय गएको र सफाई पाउने बताए ।

    उनले भने, ‘म हिजो न्यायालय गइसकेको छु । न्यायालयबाट क्लिन चिट पाएर आउँछु । तपाईहरु निश्चिन्त हुनुहोला । त्यतिबेलासम्म धैर्यधारण गर्नुहोला ।’ उनले जनवरीमा भएको भनिएको कुराकानी अहिले ल्याएर सार्वजनिक गर्नु भनेको पार्टीलाई निर्वाचनमा धक्का दिनका लागि भएको बताए । उनले तीनै निर्वाचन क्षेत्रका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend