logo

२०८३ साउन १४ बिहिबार

ढाकाकुमारमाथि पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारबाही

ढाकाकुमारमाथि पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारबाही


हाम्रो राष्ट्र
  • बुधबार, २९ चैत्र २०७९
  • 949
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा. ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेको छ । पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो पार्टी सभापति रवि लामिछानेले अनुशासन तथा आचरण समितिको सिफारिस एवं विधान विपरीत काम गरेको भन्दै श्रेष्ठलाई कारबाही गरेको जानकारी दिए ।

    समानुपातिक सांसद श्रेष्ठको पद पनि खारेज हुने भएकाले नयाँ सांसदमा बिन्दाबासिनी कंशाकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । डा. श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँगको २ करोड घुसको अडियो सार्वजनिक भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend