logo

२०८३ साउन १५ शुक्रबार

तीन दशकमा नागरिकमा चरम विद्रोहभाव देखियोः पूर्वराजा शाह

तीन दशकमा नागरिकमा चरम विद्रोहभाव देखियोः पूर्वराजा शाह


हाम्रो राष्ट्र
  • बिहिबार, ३० चैत्र २०७९
  • 949
    SHARES

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्ला तीन दशकमा नागरिकमा चरम विद्रोहभाव देखिएको बताएका छन् । नयाँ वर्षको अवसमा बिहीबार शुभकामना सन्देश जारी गरी पूर्वराजा शाहले अब कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरुत्थानको अर्थहीन आरोप थोपरेर नहुने उल्लेख गरेका हुन् ।

    उनले भनेका छन्, ‘अब कोरा नारा छाडौँ, सही प्रकारको राज्य पद्धतिका निम्ति सोचौँ, सबै खाले गल्ती सच्याउनेतिर लागौँ । देशलाई थाहा पाई पाई बरबादीतिर नधकेलौँ ।’ उनले राजनीति र राज्य सञ्चालनको प्रक्रियामा इमान्दारीताको अभावका कारण देशमा बेथिति, अविश्वास, द्वन्द्व र जटिलता देखिएको टिप्पणी गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend