logo

२०८३ साउन १३ बुधबार

ह्यारी पोटर टेलिभिजन सिरिजमा आउँदै

ह्यारी पोटर टेलिभिजन सिरिजमा आउँदै


हाम्रो राष्ट्र
  • शुक्रबार, १ बैशाख २०८०
  • 897
    SHARES

    लेखिका जेके रोलिङको विश्वकै चर्चित पुस्तक ‘द ह्यारी पोटर’को नयाँ टेलिभिजन सिरिज नयाँ कलाकारका साथ दर्शकमाझ आउने भएको छ । आगामी एक दशकमा निर्माण गरिने यो सिरिजको प्रत्येक सिजन सात पुस्तकमध्ये एकमा आधारित हुनेछ ।

    पुस्तक ‘द ह्यारी पोटर’ विश्वभर सर्वाधिक बिक्री भएका पुस्तकमा पर्दछ । पुस्तक विश्वव्यापी रुपमा ६ सय मिलियन प्रति बिक्री भएको थियो । यो पुस्तकमा आधारि रहेर फिल्म पनि बनिसकेको छ । जसमा अभिनेता डेनियल रेडक्लिफले हेरी पोटरको चरित्र निर्वाह गरेका छन् ।

    ‘सिरिजले नयाँ कलाकार र नयाँ पुस्ताको फ्यानडमलाई फिचर गर्नेछ । सिरिजमा आकर्षक विवरण, रुचाइएका कलाकार र नाटकीय लोकेसन हुनेछन् । ह्यारी पोटरका फ्यानले २५ वर्षदेखि मनपराइरहेको विषयलाई सिरिजमा राखिनेछ’ वार्नर ब्रोस डिस्कभरीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    लेखिका रोलिङलाई कार्यकारी निर्माता दिइने सिरिजका प्रत्येक सिजनले पुस्तकको आधिकारिक कथालाई प्रस्तुत गर्नेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend