logo

२०८३ साउन १४ बिहिबार

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन


हाम्रो राष्ट्र
  • शनिबार, २ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ । एकसय वर्षीया जोशीको आज बिहान ५ बजे र १५ मिनेटमा किष्ट अस्पतालमा निधन भएको साहित्यकार नरेन्द्रराज प्रसाईले जानकारी दिएका छन् ।

    श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किष्ट अस्पतालमा भर्ना गरिएको थियो। उनका पति सत्यमोहन जोशीको भने गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो । जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई मरणोपरान्त शरीर दानको घोषणा गरेको थियो । उनीहरूले ८४ वर्षभन्दा लामो समय दाम्पत्य जीवन बिताएका थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend