logo

२०८३ साउन १३ बुधबार

ताप्लेजुङमा भीरबाट झरेको ढुङ्गाले लागेर एकजनाको निधन

ताप्लेजुङमा भीरबाट झरेको ढुङ्गाले लागेर एकजनाको निधन


हाम्रो राष्ट्र
  • शनिबार, २ बैशाख २०८०
  • 988
    SHARES

    ताप्लेजुङ । तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एकको ज्यान गएको छ । आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

    आङबुहाङ फुलबारीस्थित सिरुवामा पर्ने तमोर नदीमा माछा मार्न गएका थिए । आङबुहाङको टाउकोमा गम्भीर चोट लागेको छ । घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend