logo

२०८३ साउन १५ शुक्रबार

कांग्रेस इमान्दार भए उपनिर्वाचनपछि मधेशमा जनमतको मुख्यमन्त्री बन्छः अध्यक्ष राउत

कांग्रेस इमान्दार भए उपनिर्वाचनपछि मधेशमा जनमतको मुख्यमन्त्री बन्छः अध्यक्ष राउत


हाम्रो राष्ट्र
  • शनिबार, २ बैशाख २०८०
  • 975
    SHARES

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नेपाली कांग्रेस इमान्दार भए उपनिर्वाचनपछि जनमतको मुख्यमन्त्री बन्ने बताएका छन् ।

    शनिबार सामाजिक संजालमार्फत अध्यक्ष राउतले चैत्र १५ गतेको माओवादी, काँग्रेस र जनमतको सहमतिप्रति काँग्रेस इमान्दार रहने हो भने उपनिर्वाचन पछि मधेशमा जनमतको मुख्यमन्त्री बन्दैछ, नभए काँग्रेसको बन्ने बताएका हुन् ।

    उनले भनेका छन्, ‘ यहाँ प्रधानमन्त्री आफैं त कति दिन टिक्ने ठेगान छैन। मधेश प्रदेशका मुख्यमन्त्रीको उपनिर्वाचन पछि आफैं बहिर्गमन हुँदैछ । यस्तो अवस्थामा जनतालाई दिग्भ्रमित गर्न सत्ताधारीहरूले अतिरञ्जित अभिव्यक्ति दिनुको अर्थ छैन। जसपाका आफ्नै मुख्यमन्त्री र संघीय मन्त्रीहरूको भविष्यको ठेगान छैन, अरू बारेमा के भ्रम छर्नु । चैत १५ गतेको माओवादी, काँग्रेस र जनमतको सहमतिप्रति काँग्रेस इमान्दार रहने हो भने उपनिर्वाचन पछि मधेशमा जनमतको मुख्यमन्त्री बन्दैछ, नभए काँग्रेसको।’

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend