logo

२०८३ साउन १५ शुक्रबार

महाराष्ट्रको रायगढमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

महाराष्ट्रको रायगढमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • शनिबार, २ बैशाख २०८०
  • 975
    SHARES

    महाराष्ट्र राज्यको रायगढमा शनिबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

    ४० यात्रु लिएर पुणे शहरको पिम्पल गुरव क्षेत्रबाट गोरेगाउँतर्फ गइरहेको सरकारी स्वामित्वको बस बिहान चार बजे खाल्डोमा खसेको प्रहरीले जनाएको छ ।
    गृहमन्त्री अमति शाहले दुर्घटनालाई दुर्भाग्यपूर्ण भन्दै उद्धार तथा उपचारमा जुट्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । स्थानीय प्रशासन सहायताका निम्ति घटनास्थलमा जुटेको छ । उद्धार तथा राहतका कार्य अझै जारी रहेका बताइएको छ ।
    शोकसभामा सहभागी हुन हिँडेका आठ जनाको दुर्घटनामा मृत्यु
    उत्तर प्रदेशको श्रावस्तीस्थित राष्ट्रिय राजमार्गमा शनिबार बिहान भएको सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् ।

    आफन्तको निधनमा आयोजना गरिएको शोकसभामा सहभागी हुन लुधियानबाट आएका उनीहरूको सवारी साधन इकाउना प्रहरी चौकीको क्षेत्रमा पर्ने रुखमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । छ जनाको घटनास्थलमा नै मृत्यु भएको बताउँदै श्रावस्तीका प्रमहरी उपरीक्षक प्राची सिंहले गम्भीर घाइते भएका आठ जनालाई बहराइच अस्पताल पठाएको जानकारी दिएकी छन् ।

    मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । साथै उहाँले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend