logo

२०८३ साउन १४ बिहिबार

राष्ट्रपतिको उम्मेदवारी घोषणा गर्ने बाइडेनको तयारी

राष्ट्रपतिको उम्मेदवारी घोषणा गर्ने बाइडेनको तयारी


हाम्रो राष्ट्र
  • आइतबार, ३ बैशाख २०८०
  • 845
    SHARES

    अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ का लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेका छन् । आयरल्याण्डको भ्रमणको अन्त्यमा पत्रकारहरूसँग कुरा गर्दै बाइडेनले आफू पुनः चुनाव लड्ने योजनामा रहेको बताएका हुन् ।

    उनले यसबारे चाँडै घोषणा गर्ने बताए । अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओले सन् २०२४ मा हुने राष्ट्रपतीय चुनावमा उम्मेदवारी नदिने बताएका छन् । पूर्व सैनिक तथा सीआईएका पूर्व निर्देशक पोम्पेओले भविष्यमा राष्ट्रपतिपदका लागि सम्भावित दावेदारी हुनेबारे भने सङ्केत गरेका छन् ।

    पोम्पेओले पत्नी सुसन र मैले धेरै सोचविचार र प्रार्थनापछि सन् २०२४ को चुनावमा अमेरिकाको राष्ट्रपति पदका लागि आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत नगर्ने निष्कर्षमा पुगेको बताए । उनले आफू अहिले ५९ वर्षको मात्र भएको र अझै धेरै अवसरहरू बाँकी रहेको बताए ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend