logo

२०८३ साउन १४ बिहिबार

उत्तर प्रदेशमा प्रहरी घेराभित्र रहेका पूर्वसांसद र उनका भाइको गोली हानी हत्या

उत्तर प्रदेशमा प्रहरी घेराभित्र रहेका पूर्वसांसद र उनका भाइको गोली हानी हत्या


हाम्रो राष्ट्र
  • आइतबार, ३ बैशाख २०८०
  • 962
    SHARES

    काठमाडौं । उत्तर प्रदेशको प्रयागराजमा पूर्वसांसद अतिक अहमद र उनका भाइ अशरफको गोली हानी हत्या गरिएको छ । पत्रकार बनेर आएका आक्रमणकारीले उनीहरुमाथि गोली चलाएका थिए । अस्पताल नजिकै प्रहरीले घेरिएका अतीक र असरफमाथि आक्रमणकारीले नजिकबाट गोली हानेका थिए ।

    उनीहरुको मृत्युपछि आक्रमणकारीले धार्मिक नारा लगाएका थिए । पूर्व विधायक राजु पालको हत्या आरोपमा उनीहरु प्रहरी नियन्त्रणमा थिए । उनीहरु अस्पतालमा स्वास्थ्य जाँच गरी फर्किने क्रममा पत्रकारलाई प्रतिक्रिया दिइरहेको बेला गोली प्रहार भएको थियो । प्रहरीले तीन आक्रमणकारीलाई पक्राउ गरेको छ ।

    मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनालाई लिएर उच्चस्तरीय बैठक बोलाएका छन् । योगी आदित्यनाथले पनि यस विषयमा उच्चस्तरीय छानबिनको आदेश दिएका छन् । प्रहरीका अनुसार घटनामा एक प्रहरी र एक पत्रकार सामान्य घाइते भएका छन् । आक्रमणपछि प्रहरीले अस्पताल वरपरको क्षेत्रमा नाकाबन्दी गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend