काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नयाँ आएका पार्टीहरु पनि खास्टोले ढाकेको बिरालो जस्तो भएको टिप्पणी गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै अध्यक्ष केसीले खास्टाले ढाकेको बिरालोले छिट्टै म्याउ गरेको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘पुराना पार्टीहरूले नै गल्ती, कमजोरी गरेका थिए । तर नयाँ आएका पार्टीहरूले नयाँ चिज ल्याउने भए भनेर नेपाली जनता मख्ख परेर हेरिरहेका थिए। खास्टो ढाकेको बिरालो छिट्टै म्याउ गर्यो। यस्ता प्रवृत्तिलाई छोड्नु हुँदैन ।’
अध्यक्ष केसीले राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्न सरकारले स्वतन्त्र बनाउने पहल भइरहेका बेला हतार हतार निजी कम्पनीलई ठेक्का दिनु आपत्तिजनक रहेको बताए।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend