logo

२०८३ साउन १४ बिहिबार

संसदमा प्रधानमन्त्री प्रचण्ड हराएको सूचना !

संसदमा प्रधानमन्त्री प्रचण्ड हराएको सूचना !


हाम्रो राष्ट्र
  • आइतबार, ३ बैशाख २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको भन्दै संसदमा खोजी भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री हराएको सूचना प्रस्तुत गरेका हुन् ।

    उनले केही दिनअघि प्रधानमन्त्रीलाई संसद बैठकमा झुलुक्क देखेको र त्यसपछि नदेखिएको भन्दै व्यंगात्मकशैलीमा प्रधानमन्त्रीको खोजीका लागि सूचना प्रस्तुत गरेका हुन् ।

    पन्तले फेला पार्नेले प्रधानमन्त्रीलाई ससदमा बुझाउनसमेत अनुरोध गरेका छन् । सूचना प्रस्तुत गर्दै पन्तले भने, ‘नागरिकताको नाम श्री पुष्पकमल दाहाल। चलनचल्तीको नाम प्रचण्ड। स्थायी ठेगाना फेरिइराख्ने। अस्थायी ठेगाना कहिले खुमलटार, कहिले बालुवाटार। हुलिया पहिलेपहिले कोट प्यान्ट लगाउने गरे पनि हाल दौरा सुरुवाल र टोपी पनि लगाउने। उमेर ६५ नाघेको ७० नपुगेको जस्तो देखिने । उहाँ केही दिनअघि प्रतिनिधि सभा बैठकमा झुलुक्क देखिएर हाल संसद्मा आउनै छोडेकोले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद् भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला। उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटारको छेउछाउ। धन्यवाद।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend