logo

२०८३ साउन १४ बिहिबार

थपिए एक मन्त्री र एक राज्यमन्त्री, परराष्ट्रमा एनपी साउद

थपिए एक मन्त्री र एक राज्यमन्त्री, परराष्ट्रमा एनपी साउद


हाम्रो राष्ट्र
  • आइतबार, ३ बैशाख २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले एक जना मन्त्री र एक जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

    आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतलनिवासमा नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । राज्यमन्त्रीलाई प्रधानमन्त्री प्रचण्डले शपथ गराए । कांग्रेसका एनपी साउदले परराष्ट्रमन्त्रीको शपथ लिएका हुन् । यस्तै, नेकपा एकीकृत समाजवादीकी नन्दा चपाईले राज्यमन्त्रीको शपथ लिइन् ।

    उनलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले आइतबार आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन । प्रधानमन्त्रीले अझै आफूसँग पाँचवटा मन्त्रालयको जिम्मेवारी राखेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend