logo

२०८३ साउन १४ बिहिबार

पाकिस्तानी मन्त्रीको सवारी दुर्घटनामा मृत्यु

पाकिस्तानी मन्त्रीको सवारी दुर्घटनामा मृत्यु


हाम्रो राष्ट्र
  • आइतबार, ३ बैशाख २०८०
  • 910
    SHARES

    पाकिस्तानका धार्मिक मामिलामन्त्री मुफ्ती अब्दुल शकूरको सवारी दुर्घटनामा परी मृत्यु भएको इस्लामावाद प्रहरीले जनाएको छ । शनिबार आफैं गाडी चलाइरहेका मन्त्रीलाई चोकबाट पार गर्ने क्रममा पिकअप ट्रकले ठक्कर दिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    ‘उहाँलाई दुर्घटनापछि तत्कालै अस्पताल लगिएको थियो, तर अत्यधिक आन्तरिक रक्तस्रावका कारण उहाँको मृत्यु भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    मन्त्रीको कारलाई ठक्कर दिने गाडीका चालकसहित गाडीमा सवार अन्य चार जनालाई हिरासतमा लिइएको छ । इस्लामावादका प्रहरी महानिरीक्षक अकबर नासिर खानले सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्रीको टाउकोमा गम्भीर चोट लागेको र यो उहाँको लागि घातक साबित भएको बताए । पाकिस्तानका राष्ट्रपति आरिफ अल्भी र प्रधानमन्त्री शाहबाज सरिफले शोक व्यक्त गर्दै दिवंगत मन्त्रीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend