logo

२०८३ साउन १५ शुक्रबार

प्रहरी र मिटरब्याज पीडितबीच झडप

प्रहरी र मिटरब्याज पीडितबीच झडप


हाम्रो राष्ट्र
  • सोमबार, ४ बैशाख २०८०
  • 975
    SHARES

    काठमाडौं । मिटरब्याज पीडित र प्रहरीबीच काठमाडौंको शान्तिबाटिकामा झडप भएको छ । सोमबरा दिउँसो शान्तिबाटिकाबाट मिटरब्याज पीडितलाई जुलुस निकाल्न प्रहरीले रोकेपछि मिटरब्याज पीडितहरूले प्रहरीमाथि ढुंगामुढा सुरु गरेका थिए ।

    त्यसपछि प्रहरीले मिटरब्याज पीडितहरूमाथि लाठीचार्ज गर्नुका साथै स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास पनि प्रहार गरेको थियो । अहिले शान्तिबाटिकाको अवस्था तनावग्रस्त बनेको छ । शान्तिबाटिकाको गेटमा लगाएको ताला फोडेर मिटरब्याज पीडितहरू बाहिर निस्किएका छन् । प्रहरीको लाठीचार्जबाट केही मिटरब्याज पीडित घाइते भएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend