logo

२०८३ साउन १४ बिहिबार

प्रधानमन्त्रीलाई भारत भ्रमणमा सुस्ता र कोशीको समस्या उठाउन विनोद चौधरीको सुझाव

प्रधानमन्त्रीलाई भारत भ्रमणमा सुस्ता र कोशीको समस्या उठाउन विनोद चौधरीको सुझाव


हाम्रो राष्ट्र
  • मंगलबार, ५ बैशाख २०८०
  • 845
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा गण्डक नहरको विषय उठाउनुपर्ने बताएका छन् ।

    मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद चौधरीले सुस्तामा नेपाल र भारतको सीमा क्षेत्रमा रहेको गण्डक नहरको संरचना ५० औं वर्ष पुरानो भएको र ती संरचना पुनर्निर्माण नहुँदा हजारौं परिवार र हजारौं विघा खेत डुवानमा परेको बताए । उनले सुस्ताको मात्र नभई कोशीको समस्या पनि समाधान गर्नुपर्ने बताए ।

    उनले भने, ‘भारत र नेपालका बीचमा ५० वर्ष पुराना जीर्ण भएका संरचनाहरु पुननिर्माण गर्ने बारेमा कुनै दुविधा छैन, एग्रिमेन्टहरु पटक पटक तयार पारिन्छन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यो अत्यन्तै महत्वपूर्ण एजेण्डाको रुपमा प्रवेश गरोस् ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend