logo

२०८३ साउन १३ बुधबार

विष्फोटक पदार्थ मागिएको फाइल भारतीय दूतावासमा भेटिनु दुःखदः सांसद पन्त

विष्फोटक पदार्थ मागिएको फाइल भारतीय दूतावासमा भेटिनु दुःखदः सांसद पन्त


हाम्रो राष्ट्र
  • मंगलबार, ५ बैशाख २०८०
  • 923
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले पहरो फुटाउन विष्फोटक पदार्थ मागिएको फाइल भारतीय दूतावासमा भेटिएको भन्दै आपत्ति जनाएका छन् ।

    मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद पन्तले विष्फोटक पदार्थ माग्दा फाइल नै पठाउनुपर्ने अवस्था आएको भन्दै आपत्ति जनाएका हुन् ।

    उनले भने,’मुग्लिन नारायणगढ सडक खण्डमा पुल बनाउनका लागि पहरो फुटाउन विष्फोटक पदार्थ माग गरिएको फाइल न गृह मन्त्रालयमा पाइन्छ न रक्षा मन्त्रालयमा फेला पर्छ। गृहले रक्षालाई देखाउँछ,रक्षाले गृहलाई देखाउँछ। उसले भौतिकलाई देखाउँछ। अन्तमा त्यो फाइल ६ महिनापछि भारतीय दूतावासमा पाइयो । के हामीले विष्फोटक पदार्थ माग्दा फाइल नै पठाउनुपर्छ ?’

    सांसद पन्तले चिनियाँ कम्पनीले टेण्डर हालेर पाएको प्रोजेक्टमा पनि र चिनियाँ कम्पनीहरू सहभागी भएका प्रोजेक्टमा भारतले विष्फोटक पदार्थ नपठाउने अवस्था आएको बताए । उनले भारतले नेपालाई विष्फोटक पदार्थ दिन अप्ठ्यारो मानिरहेको भन्दै विष्फोटक पदार्थ नेपालमै बन्नुपर्नेमा जोड दिए । उनले विष्फोटक पदार्थको अवस्थबारे भौतिक योजनामन्त्री र रक्षामन्त्रीले संसदमा स्पष्ट जानकारी दिनुपर्ने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend