logo

२०८३ साउन १३ बुधबार

मिटरब्याज पीडितहरुमाथि भएको प्रहरी दमनप्रति आयोगको आपत्ति

मिटरब्याज पीडितहरुमाथि भएको प्रहरी दमनप्रति आयोगको आपत्ति


हाम्रो राष्ट्र
  • मंगलबार, ५ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले धर्नामा रहेका मिटरब्याज पीडितहरूमाथि प्रहरीले बल प्रयोग गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

    मंगलबार विज्ञप्ति जारी गरी आयोगले शान्तिपूणर्ण धर्नामा रहेका मिटरब्याजपीडितहरु प्रधानमन्त्रीलाई भेट्ने तयारीका साथ शान्ति वाटिकाबाट निस्केको अवस्थामा प्रहरीबाट रोक लागाइएको र दमन गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । प्रहरी दमनबाट अन्तर्राष्ट्रिय घोषणापत्र र नागरिकले मर्यादित रुपले विचार राख्ने र शान्तिपूर्ण गतिविधि गर्न पाउने अधिकारको गम्भीर उल्लंघन भएको आयोगले जनाएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘धर्नामा रहेका व्यक्तिहरुलाई प्रहरीले अत्यधिक बल प्रयोग गर्दै धरपकड गरेको, पीडितहरुले प्रयोग गरिरहेको खाना पकाउने ग्याँस, खाद्यान्नलगायतका सामग्रीहरु जबर्जस्ती गरी लगिएको, धर्नामा रहेका प्रदर्शनकारी र वृद्धवृद्धाहरुलाई समेत नियन्त्रणमा लिई महेन्द्र पुलिस क्लबको भवन परिसरमा लगी कुटपिट गरिएकोे आयोगको अनुगमनबाट पाइएको छ ।’

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend