logo

२०८३ साउन १४ बिहिबार

कांग्रेसले सिफारिस गर्‍यो कर्णाली सरकारमा सहभागी हुने मन्त्रीको नाम

कांग्रेसले सिफारिस गर्‍यो कर्णाली सरकारमा सहभागी हुने मन्त्रीको नाम


हाम्रो राष्ट्र
  • मंगलबार, ५ बैशाख २०८०
  • 936
    SHARES

    कर्णाली । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेसले तीन जना मन्त्रीको नाम मुख्यमन्त्री राजकुमार शर्मालाई मंगलबार बुझाएको हो ।

    कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले खड्कबहादुर पोखरेल, बेदराज सिंह र कृष्णकुमार विसीलाई मन्त्रीमा सिफारिस गरेका हुन्।

    पोखरेल सामाजिक विकास मन्त्री, सिंह आर्थिक मामिला तथा योजना मन्त्री र विसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सिफारिस गरिएको हो ।

    कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमति अनुसार सरकारको नेतृत्व आधा–आधा कार्यकाल गर्ने, २०७८ बैशाखमा भएको सहमति अनुसार मन्त्रालयको संख्या मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ कायम गर्ने सहमति भएको थियो।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend