logo

२०८३ साउन १४ बिहिबार

महानगर क्षेत्रमा पूर्वाधार निर्माण गर्दा सात सर्त अनिवार्य पालना गर्नुपर्ने

महानगर क्षेत्रमा पूर्वाधार निर्माण गर्दा सात सर्त अनिवार्य पालना गर्नुपर्ने


हाम्रो राष्ट्र
  • बुधबार, ६ बैशाख २०८०
  • 884
    SHARES

    काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र पूर्वाधार निर्माण वा मर्मत गर्दा विभिन्न सात सर्त अनिवार्य पालना गर्नुपर्ने भएको छ । काम गर्दा नागरिकलाई समस्या पर्ने भएकाले अनिवार्यरूपमा सर्त लागू गरिएको महानगरले जनाएको छ ।

    कार्य अघि बढाउँदा महनगरले सात बुँदे सर्त अनिवार्य गरेको छ । निर्माण कार्य गर्दा आवतजावतमा असुविधा पार्न नहुने, धुँवा धुलो उड्न नदिन छेकबार लगाउनुपर्ने, कामसम्बन्धी सङ्केत पाटी राख्नुपर्ने, सकेसम्म रातको समयमा काम गर्नुपर्ने, काम गर्दा अनावश्यक सामग्री थुपार्न नपाइने, काम सकिएपछि दुरुस्त अवस्थामा सडक छोड्नुपर्नेलगायत विषय रहेको महानगरको भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाले जानकारी दिए।

    तोकिएको सर्त पालना नगरे फोहरमैला व्यवस्थापन ऐन, २०६८ र वातावरण संरक्षण ऐन, २०७६ का आधारमा फोहर गर्नेलाई पाँच हजारदेखि ५० हजारसम्म जरिवाना गरिने, अनधिकृतरूपमा राखिएका सामान उठाएर लगिने प्रमुख थापाले स्पष्ट पारे

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend