logo

२०८३ साउन १४ बिहिबार

राष्ट्रपति पौडेललाई थप उपचारका लागि नयाँदिल्ली लगियो

राष्ट्रपति पौडेललाई थप उपचारका लागि नयाँदिल्ली लगियो


हाम्रो राष्ट्र
  • बुधबार, ६ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लगिएको छ। पेटमा समस्या देखिएपछि मंगलवार शिक्षण अस्पतालमा आकस्मिक रुपमा भर्ना भएका राष्ट्रपति पौडेललाई बुधबार बिहान नयाँदिल्ली लागिएको हो ।

    उनलाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत दिल्ली लगिएको हो । उनको नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार हुनेछ । यसअघि पेटमा समस्या देखिएपछि पौडेल चैत १९ गते अस्पताल भर्ना भएका थिए।

    पाँच दिनको उपचारपछि डिस्चार्ज गरिएको थियो । तर, स्वास्थ्य समस्या आएपछि उनलाई मंगलबार बिहान फेरि अस्पताल भर्ना गरिएको थियो।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend