logo

२०८३ साउन १३ बुधबार

तोलामा तीनसय रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा तीनसय रुपैयाँले बढ्यो सुनको मूल्य


हाम्रो राष्ट्र
  • बुधबार, ६ बैशाख २०८०
  • 910
    SHARES

    काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । यसअघि मंगलबार स्थिर रहेको सुन बुधबार भने ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।  यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।

    यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एल लाख १० हजार र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । महासंघका अनुसार बुधबार चाँदीको मूल्य भने बढेको छ।

    बुधबार चाँदीको तोला १५ रुपैयाँले बढेर १४ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि मंगलबारचाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend