logo

२०८३ साउन १३ बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार ६ घण्टा उडान–अवतरण नहुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार ६ घण्टा उडान–अवतरण नहुने


हाम्रो राष्ट्र
  • बुधबार, ६ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बिहीबार ६ घण्टा उडान अवतरण सेवा बन्द हुने भएको छ । विमानस्थलका अनुसार बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुयान उडान सेवा बन्द रहने जनाएको हो ।

    विमानस्थल कार्यालयले बुधबार सूचना प्रकाशित गरी अनलाइन यूपीएस जडान गर्दा विद्युत् आपूर्ति अवरुद्ध हुने भएकोले उडान अवतरण बन्द रहने जनाएको छ । आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी व्यवस्था मिलाउन समेत विमानस्थलले यात्रुलाई अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend