logo

२०८३ साउन १४ बिहिबार

महोत्तरीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा ३ जनाको मृत्यु

महोत्तरीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा ३ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • बुधबार, ६ बैशाख २०८०
  • 1.1K
    SHARES

    महोत्तरी। महोत्तरीमा दुर्घटनामा परेर तीनजनाको मृत्यु भएको छ । बुधबार यात्रु बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको हो ।

    बा ३ ख २३९६ नम्बरको बसले  मधेश प्रदेश- ०१/००४(/६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकैपरिवारका बहिनी, भान्जी र मामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गौशाला नगरपालिका-२ बस्ने  अमित कुमार मण्डल, सिरहा कल्याणपुर  विवाह गरेर गएकी मण्डलकी बहिनी अन्जु मण्डल र उन्की ४ बर्षिय छोरी अन्सु मण्डलको उपचारको क्रममा मृत्यु भएको हो ।

    अमित र अन्शुको  बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा र  अन्जुको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend