logo

२०८३ साउन १३ बुधबार

आकर्षक वैदेशिक रोजगारीको अवसर सुरक्षित गर्ने श्रीलङ्काको प्रयास जारी

आकर्षक वैदेशिक रोजगारीको अवसर सुरक्षित गर्ने श्रीलङ्काको प्रयास जारी


हाम्रो राष्ट्र
  • बिहिबार, ७ बैशाख २०८०
  • 962
    SHARES

    श्रीलङ्काले दक्ष कामदारका लागि विभिन्न देशमा आकर्षक रोजगारीका अवसरहरू सुरक्षित गर्न सफल भएको एक मन्त्रीले बताएका छन् ।

    दक्ष कामदारका रोजगारीका अवसरहरू सुरक्षित गर्न जापान र युरोपमा बालबालिका तथा वृद्धहरूको हेरचाह गर्ने, इङ्ग्ल्यान्ड, क्यानडा र अस्ट्रेलियामा आतिथ्यता उद्योगसम्बन्धी रोजगारी र मध्यपूर्वमा निर्माण उद्योगको रोजगारी रहेको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले बताएका हुन् ।

    नानायककाराका अनुसार मार्च महिनामा आप्रवासी कामदारले ५६ करोड अमेरिकी डलर फिर्ता पठाएका थिए भने सरकारले सन् २०२३ को बाँकी अवधिमा मासिक ५० करोड डलर भन्दा बढी रकम प्राप्त गर्ने योजना बनाएको थियो । उनले यो कामको माग पूरा गर्न आवश्यक सीप भएका कामदार पाउन कठिन भएको बताए ।

    रोजगारीका अवसर सुरक्षित गर्न आवश्यक दक्ष कामदार उत्पादन गर्नुपर्ने बताउँदै मन्त्री पुनले वैदेशिक रोजगारीमा जाने युवालाई तालीम प्रदान गर्न व्यावसायिक तालीम प्राधिकरणसँग सम्झौता गरिएको जानकारी दिए । श्रीलङ्काको केन्द्रीय बैंकको तथ्याङ्कअनुसार जनवरीमा ४३ करोड ७५ लाख डलर र फेब्रुअरीमा ४० करोड ७४ लाख डलर रेमिटेन्स भित्रिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend