logo

२०८३ साउन १४ बिहिबार

अमेरिकाद्वारा युक्रेनलाई ३२ करोड ५० लाख डलर बराबरको सैन्य सहायता घोषणा

अमेरिकाद्वारा युक्रेनलाई ३२ करोड ५० लाख डलर बराबरको सैन्य सहायता घोषणा


हाम्रो राष्ट्र
  • बिहिबार, ७ बैशाख २०८०
  • 910
    SHARES

    संयुक्त राज्य अमेरिकाले युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा गरेको छ । उक्त सहायता प्याकेज ३२५ मिलियन अमेरिकी डलर बराबरको छ । प्याकेजमा हाई मोबिलिटी आर्टिलरी रकेट प्रणालीका लागि थप तोप राउन्ड र रकेटहरू लगायतका युद्ध सामग्री रहेका छन् । भ्वाइस अफ अमेरिकाले उल्लेख जनाएअनुसार युक्रेनले उच्च दरमा तोपखाना हतियारहरू चलाउन पर्ने भएकाले यो सहायता घोषणा गरिएको हो ।
    प्याकेजको घोषणा हुनुअघि रक्षा अधिकारीहरूले उक्त नवीनतम सहायतामा एन्टी–ट्याङ्क निर्देशित मिसाइलहरू, एन्टी–ट्याङ्क माइनहरू र एटी–४ एन्टी–आर्मर हतियारहरू पनि समावेश रहेको बताएका छन् । उक्त युद्ध सामग्रीहरू युक्रेनद्वारा कब्जा गरिएका क्षेत्रहरूमा रहेका रूसी स्थल सेनाहरूलाई पछाडि धकेल्न आवश्यक हुने बताइएको छ।

    युक्रेनको स्थलसेना प्रमुखका अनुसार रुसले युद्धमा उल्लेखनीय क्षति बेहोरेर पनि पूर्वी युक्रेनी शहर बाख्मुतमा भने भारी तोपखाना र हवाई आक्रमण बढाइरहेको पनि अमेरिकी अधिकारीहरूको बुझाइ छ।

    यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंकका प्रमुखहरूलाई विश्वभर रहेको रूसी केन्द्रीय बैंकको सम्पत्ति जफत गर्न र युक्रेनको पुनर्निर्माणमा मद्दत गर्न आह्वान गरेका छन् ।

    साथै विश्व बैङ्कले युक्रेनको ऊर्जा पूर्वाधार मर्मत गर्ने परियोजनाको लागि आज २०० मिलियन अमेरिकी डलर अनुदान घोषणा गरेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend