logo

२०८३ साउन १३ बुधबार

कपनमा चक्कु प्रहारबाट घाइते भएकी महिलाको मृत्यु

कपनमा चक्कु प्रहारबाट घाइते भएकी महिलाको मृत्यु


हाम्रो राष्ट्र
  • बिहिबार, ७ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वती नगरमा चक्कु प्रहारबाट घाइते महिलाको मृत्यु भएको छ । बाग्लुङको बडिगाड गाउँपालिका घर भइ काठमाडौं बस्दै आएकी ३५ वर्षीय निरा आचार्यको हत्या भएको हो ।

    बिहीबार अपराह्न साढे ३ बजे घाँटी र शरीरका अन्य भागमा भएको चक्कु प्रहारबाट उनी गम्भीर घाइते भएकी थिइन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजालले बताए । उनी पसल चलाउँदै आएकी थिइन् ।

    प्रहरीका अनुसार आचार्यलाई कसले र किन चक्कु प्रहार गरेको थियो भन्ने खुलेको छैन । जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend