logo

२०८३ साउन १५ शुक्रबार

गुजरात साम्प्रदायिक दङ्गामा सामेल ६८ जना निर्दोष ठहर

गुजरात साम्प्रदायिक दङ्गामा सामेल ६८ जना निर्दोष ठहर


हाम्रो राष्ट्र
  • शुक्रबार, ८ बैशाख २०८०
  • 845
    SHARES

    सन् २००२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुख्यमन्त्री हुँदा गुजरातमा भएको धार्मिक दङ्गामा ११ जना मुस्लिमको हत्या गरेको आरोपमा मुद्दा लड्दै आएका पूर्वमन्त्रीसहित ६८ जनालाई भारतीय एक अदालतले सफाइ दिएको छ ।

    ११ जना मुस्लिमको हत्यापछि रेलमा भएको आगलागीमा परी ५९ जना हिन्दू तीर्थयात्रीको मृत्यु भएको र यसैलाई लिएर भएको धार्मिक हिंसामा कम्तीमा एक हजार व्यक्तिको मृत्यु भएको थियो ।

    हिन्दू राष्ट्रवादी नेता मोदीमाथि घटनालाई नजरअन्दाज गरेको आरोप लागेको थियो । सन् २०१४ मा प्रधानमन्त्री बनेका उनलाई केही समयका लागि अमेरिकाको यात्रा प्रतिबन्धसमेत लगाइएको थियो । मोदीलाई सन् २०१२ मा सफाइ दिइएको थियो ।

    एक पूर्व राज्यमन्त्री र कट्टरपन्थी हिन्दू समूहका दुई वरिष्ठ सदस्यलाई सफाइ दिएसँगै बिहीबार समाप्त भएको यो मुद्दा ११ जना मुसलमानको मृत्युमा केन्द्रित थियो र १४ वर्षसम्म चलेको थियो ।

    हत्या, हत्याको प्रयास र दंगाको आरोपबाट मुक्त भएपछि अभियुक्त र उनीहरूका समर्थकहरूले हिन्दू नारा लगाएका थिए र अहमदाबादको अदालत बाहिर धेरैले आँसु झार्दै रोएका थिए ।पूर्वमन्त्री माया कोडनानीलाई यसअघि ९७ जनाको मृत्यु भएको दङ्गाको अर्को घटनामा आजीवन कारावासको सजाय सुनाइएको थियो तर पछि उनलाई पनि सफाइ दिइएको थियो ।

    भारतको सर्वोच्च अदालतले नयाँ अनुसन्धानको आदेश दिएपछि सुरु भएका केही मुद्दामध्ये यो अन्तिम मुद्दा हो । मुद्दामा कूल १८८ जना दोषी ठहर भएका छन् भने ३१३ जनाले सफाइ पाएका छन् । यसैबीच विपक्षी दल काङ्ग्रेसले फैसलाप्रति विमति जनाउँदै गुजरातको न्याय प्रणाली ‘ढोंग’ भएको बताएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend