logo

२०८३ साउन १३ बुधबार

गुल्मीमा डढेलो निभाउने क्रममा घाइते भएका बालकको मृत्यु

गुल्मीमा डढेलो निभाउने क्रममा घाइते भएका बालकको मृत्यु


हाम्रो राष्ट्र
  • शुक्रबार, ८ बैशाख २०८०
  • 1.1K
    SHARES

    बुटवल । जंगलमा लागेको डढेलो निभाउने क्रममा जलेर घाइते भएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउपालिका वडा नम्बर नम्बर तीनका १३ वर्षीय बालक दीपक मुखिया छन् । बिहीबार  धुर्कोट गाउपालिका वडा नं ३ हाडहाडे बर्दवास जंगलमा लागेको आगो निभाउन गएका उनी जलेर घाइते भएका थिए ।

    प्रहरीका अनुसार उनको टाउको जलेको अवस्थामा उद्धार गरी जिल्ला अस्पताल तम्घासमा ल्याइएको थियो। गम्भीर घाइते उनलाई तम्घासमा उपचार सम्भव नभएपछि पाल्पा पठाइएकोमा मुखियाको गएराति  मृत्यु भएको प्रहरीले बताएको छ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend