logo

२०८३ साउन १४ बिहिबार

अहिले कुनै पार्टीसँग एकीकरण गर्ने सम्भावना छैनः झलनाथ खनाल

अहिले कुनै पार्टीसँग एकीकरण गर्ने सम्भावना छैनः झलनाथ खनाल


हाम्रो राष्ट्र
  • शनिबार, ९ बैशाख २०८०
  • 1K
    SHARES

    जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी महाधिवेसनको तयारीमा लागेको बताएका छन् ।

    शनिबार जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता खनालले त्यसकारण कुनै पार्टीसँग तत्काल एकता हुन नसक्नेसमेत जनाएका छन् ।

    उनले भने,’हामी महाधिवेशन गर्ने दिशामा अघि बढदैछौं, अहिले कुनै पार्टीसँग एकीकरण गर्ने कुनै सम्भावना नै छैन । तर, साझा सबालमा मिलेर जाने सवालमा हाम्रो पार्टी तयार छ ।’

    खनालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आठौं पटक विस्तार हुँदा पनि पूर्णता पाउन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले अब नवौं पटकमा पूर्णता पाउला भन्ने अपेक्षा गरेको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend