logo

२०८३ साउन १४ बिहिबार

ढल्यो गण्डकीमा एमाले नेतृत्वको सरकार

ढल्यो गण्डकीमा एमाले नेतृत्वको सरकार


हाम्रो राष्ट्र
  • शनिबार, ९ बैशाख २०८०
  • 1.1K
    SHARES

    गण्डकी । गण्डकी प्रदेशका नेकपा एमालेले नेतृत्व गरेको सरकार ढलेको छ । शनिबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाएसँगै एमाले नेतृत्वको सरकार ढलेको हो ।

    प्रदेशसभामा विश्वासको मत विभाजन हुँदा पक्षमा जम्मा २४ मत परेको थियो भने विपक्षमा ३५ मत परेको थियो । विश्वासको मत नपाएपछि अधिकारी पदमुक्त भएका छन् ।

    अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। त्यतिबेला उनलाई एमाले, माओवादी केन्द्र, राप्रपा र स्वतन्त्र (दीपक मनाङे) को समर्थन प्राप्त गरेका थिए। तर, राष्ट्रपति निर्वाचनको सन्दर्भमा केन्द्रमा गठबन्धन नै परिवर्तन भएपछि उनको सरकार संकटमा परेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend