logo

२०८३ साउन १५ शुक्रबार

‘युद्ध अन्त्यका लागि रुस–युक्रेन वार्ता आवश्यक’

‘युद्ध अन्त्यका लागि रुस–युक्रेन वार्ता आवश्यक’


हाम्रो राष्ट्र
  • आइतबार, १० बैशाख २०८०
  • 884
    SHARES

    ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले युक्रेनमा जारी युद्धमा सहभागी हुन अस्वीकार गर्दै कीभ र मस्कोबीच ‘वार्ताबाट’ समाधान हुनुपर्ने बताएका छन् ।

    युद्धको लागि कीभ पनि दोषी रहेको र मस्कोमाथि प्रतिबन्ध लगाउन वा कीभलाई गोलाबारुद आपूर्ति गर्न पश्चिमी राष्ट्रहरूसँग सामेल नभएको भन्दै युक्रेन राष्ट्रपति लुलासँग चिढिएका समय उहाँले सम्झौताकर्ताको रूपमा ब्राजिलको भूमिकालाई पुनर्जीवित गर्न खोजिरहेका छन् ।

    लिस्बनमा पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सूसासँगको भेटपछि लुलाले भने,“मेरो सरकारले युक्रेनको क्षेत्रीय अखण्डताको उल्लङ्घनको निन्दा गरेको छ, तर हामी द्वन्द्वको वार्ताद्वारा राजनीतिक समाधानको समर्थन गर्छौं ।”

    उनले भने, “हामीलाई युक्रेन र रूस दुवैसँग वार्ता गर्न देशहरूको एउटा समूह तत्काल आवश्यक छ । ब्राजिल यो युद्धमा भाग लिन चाहँदैन । ब्राजिल शान्ति स्थापना गर्न चाहन्छ ।”
    यसअघि सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपतिको जिम्मेवारी सम्हालेका ७७ वर्षीय लुलाले गत फेब्रुअरीमा वासिङ्टनमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका थिए । उनले अप्रिल महिनाको शुरूमा चिनियाँ राष्ट्रपति सी जिन पिङसँग पनि युक्रेनसम्बनधमा छलफल गरेका थिए ।

    बेइजिङमा उनले वासिङ्टनले किभलाई हतियार आपूर्ति गरेर युद्धलाई ‘प्रोत्साहन’ गर्न बन्द गर्नुपर्ने र संयुक्त राज्य अमेरिका र युरोपेली संघले ‘शान्तिका बारेमा कुरा गर्न थाल्नुपर्छ’ भनेपछि ती मुलुकले उहाँको आलोचना गरेका थिए ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend