logo

२०८३ साउन १४ बिहिबार

संसदीय समितिमा तीन दलबीच भागबन्डा मिल्यो

संसदीय समितिमा तीन दलबीच भागबन्डा मिल्यो


हाम्रो राष्ट्र
  • सोमबार, ११ बैशाख २०८०
  • 949
    SHARES

    काठमाडौं । प्रमुख तीन राजनीतिक दलबीच संवैधानिक परिषद र संसदीय समिति गठनका विषयमा सहमति जुटेको छ । सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको तीन दलका शीर्ष नेता र सचेतकहरुको बैठकमा सहमति जुटेको हो ।

    बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्याउन विशेष समिति गठन गर्ने सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । सहमति अनुसार १० वटा विषयगत समितिमध्ये एमालेले लेखा समिति र राज्यको निर्देशक समितिको सभापति पाउनेछ । त्यस्तै संसदीय विशेष सुनुवाइ समितिको सभापति कांग्रेसले लिने सहमति भएको छ।

    उक्त समितिमा एमालेका तर्फबाट ४ जना सदस्य रहने सहमति भएको छ। यसअघि एक सिट एकीकृत समाजवादीलाई दिने प्रस्ताव गरिएको थियो । गिरीका अनुसार संवैधानिक परिषदसम्बन्धी विधेयक सिधै संसदमा लगेर पारित गर्ने सहमति भएको छ । यो विधेयक नहुँदा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्त हुन सकेको छैन ।

    छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक गिरी सहभागी थिए। त्यस्तै कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक थिए भने माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend