केन्याका राष्ट्रपति विलियम रुटोले देशको दक्षिणमा एक पादरीका दर्जनौं अनुयायीहरूको भोकमरीबाट मृत्यु आतङ्कवाद जस्तै रहेको टिप्पणी गरेका छन् । उहनले प्रहरी हिरासतमा रहेका पास्टर पल माकेन्जी कुनै धर्मसँग जोडिएको नभई अपराधमा जेलमा रहेको बताए ।
माकेन्जीलाई येशुलाई भेट्नका लागि आफ्ना अनुयायीहरूलाई मृत्यु उपवास बस्न वाध्य पारेको आरोपमा पक्राउ गरिएको थियो। उनका अनुयायीहरूलाई भने जीवितै उद्धार गरिएको थियो तर ती मध्ये केही पछि मरेका थिए।
केन्या रेड क्रस सोसाइटीले पादरीको मुख्य चर्च रहेको मालिन्दीमा स्थापना गरिएको ट्रेसिङ डेस्कमा एक सय १२ जना हराइरहेको उल्लेख गरिएको थियो ।
रुटोले कानून प्रवर्तन एजेन्सीहरूलाई यो विषयलाई कुनै पनि धर्मसँग नजोडिएको फौजदारी मुद्दाका रूपमा राम्रोसँग अनुसन्धान गर्न निर्देशन दिएका छन् । सन् २०२२ मा निर्वाचित भएका रुटोलाई देशको पहिलो इभान्जेलिकल क्रिस्चियन राष्ट्रपतिको रूपमा प्रचार गरिएको थियो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend